यातना दिएको आरोपमा शिक्षक पक्राउ

arrestभोजपुर, १ भदौ । शिक्षकले मानसिक तथा शारीरिक यातना दिएको भन्दै विद्यार्थीले विष सेवन गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेकोे छ ।

पञ्चकन्या निमावि सिद्धेश्वर–१, दाँवा, भोजपुरका शिक्षक इन्द्रवीर प्रधानलाई बालिकालाई मानसिक र शारीरिक यातना दिएको आरोपमा प्रहरीले मंगलबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
कक्षा ६ मा अध्ययन गर्ने १३ वर्षीया बालिकालाई बिहे गर्ने भनेर पटकपटक जिस्काएको शिक्षक प्रधानलाई आरोप लागेको छ । सो कुरा बालिकाले प्रधानाध्यापक गङ्गाप्रसाद राईलाई जानकारी गराएपछि शिक्षक इन्द्रवीर प्रधानले बालिकालाई पिटेर शारीरिक यातना दिएपछि बालिकाले विद्यालयबाट घर फर्केर विष सेवन गरेको आरोप बालिकाको परिवारले लगाएको छ ।