तमु समाज यूकेले सांसद गुरुङको स्वागतमा रात्रि भोज सम्पन्न

tamu 9लन्डन– तमु समाज यूकेले सांसद प्रा.डा. गणेशमान गुरुङको स्वागतमा एक बिशेस कार्यक्रमका बीच  रात्रिभोज सम्पन्न गरेको छ ।

१३ अगस्ट शनिबारको साँझ ग्रीनफोर्ड  टाउन हलमा भएको कार्यक्रममा सांसद गुरुङकी धर्मपत्नी सरस्वती गुरुङ एबं छोरा सुबर्ण गुरुङ को पनि उपस्थिति थियो । सांसद गुरुङ र तमु समाज यूकेका अध्यक्ष अर्जुनकुमार गुरुङले दीप प्रज्जवलन गरी कार्यक्रम उदघाटन गर्नुभएको थियो ।

सांसद डा. गुरुङ दम्पतीलाई तमु समाजका अध्यक्ष अर्जुनकुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष माया गुरुङ लगायतले खादाले स्वागत गर्नुभयो ।

कार्यक्रममा समाजका पूर्वअध्यक्ष शिवशरण गुरुङले समाजको घर खरिदको विषयमा जानकारी दिनुभएको थियो भने हाउजिङ संयोजक तथा सल्लाहकार सुवाससिंह गुरुङले घर खरिदबारे प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।tamu 10

कार्यक्रममा घर खरिद गर्न सबैभन्दा बढी आर्थिक सहयोग गर्ने हरिमान गुरुङ, धर्मपत्नी लक्ष्मी गुरुङ तथा छोरी स्वस्ती गुरुङलाई समाजको तर्फबाट आभार व्यक्त गरिएको थियो । उनले ४ हजार ५ पाउण्ड सहयोग गरेका थिए ।

समाजका महासचिव ज्ञान गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा घर निर्माणमा प्रतिबद्धता व्यक्त गर्नेहरुको नामावली पढेर सुनाउनुभएको थियो भने उपाध्यक्ष बिजु गुरुङले व्यवस्थापन सम्हाल्नु भएको थियो ।tamu10

कार्यक्रममा प्रमुख अतिथि गुरुङले नेपालको समसामयिक राजनीति, संविधान निर्माण तथा कार्यान्वयनबारे प्रकाश पार्नुभएको थियो । साथै उहाँले भूकम्पपीडितका लागि समाजले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा कलाकार बीरु लामा, जुनाश्रीश मगर लगायतले  लोक दोहोरि सहित आ आफ्नो प्रस्तुति दिएका थिए । तमु समाज यूकेले कार्यक्रममा सहयोग गर्नुहुने बीबी एन टिभी का बिसन गुरुङ तथा निरा गुरुङ साउण्ड सिस्टमका चाद लामा   प्रति आभार व्यक्त गरेको छ । भोजन व्यवस्थापन रारा रेस्टुरेन्टले गरेको थियो ।