नेविसंघको निर्वाचन कार्यतालिका फेरि परिवर्तन गरियो

काठमाडौं– नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनको निर्वाचन कार्यतालिकामा फेरि परिवर्तन गरिएको छ ।

यसअघि पनि पटक पटक निर्वाचन कार्यतालिका परिवर्तन गरिसकेको निर्वाचन समितिले अन्तिम पटक मनोनयन दर्ताको कार्यतालिका परिवर्तन गरेको हो ।

यअसघि मनोनयन दर्ताको कार्यतालिका मंगलबार बिहान ११ बजेसम्मको लागि तोकिएकोमा अहिले एक घण्टा थप गरेर १२ बजेसम्म पुर्‍याएको हो । निर्वाचन समितिका संयोजक भरत खरेलले प्राविधिक कारणबस मनोनयन दर्ताको समय एक घण्टाको लागि थपिएको जानकारी दिए ।

शीर्ष तहमा भएको सहमतिअनुसार नेविसंघको नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुँदैछ ।