सम्मानजनक सहभागिता भए फोरम (लोकतान्त्रिक) सरकारमा सहभागी हुने

bijay kumar gachhadarकाठमाडौँ, २७ साउन । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)ले सम्मानजनक सहभागिता हुने स्थितिमा मात्रै पार्टी सरकारमा सहभागी हुने निष्कर्ष निकालेको छ ।

पार्टी कार्यसम्पादन समिति र संसदीय दलको बैठकमा बोल्ने सदस्यले विगतको सरकारमा पार्टीले उपप्रधानमन्त्री सहित दुई मन्त्रालय पाएकाले त्यसभन्दा तल्लो तहमा रहेर सरकारमा सहभागी हुन नहुने धारणा राखेको महामन्त्री भारतेन्द्र मल्लिकले जानकारी दिनुभयो । सरकारका पक्षमा मतदान गरे पनि गुण र दोषका आधारमा समर्थन वा विरोध गरिने महामन्त्री मल्लिकले बताउनुभयो ।

विगतमा आफ्नो पार्टीसँग गरिएको आठबुँदे सहमतिअनुरुप सीमाङ्कन लगायत विवादित विषय टुङ्ग्याउनुपर्नेमा पार्टीले जोड दिएको छ । एकतीस सदस्यीय समितिमा नौ जना बोल्न बाँकी रहेकाले शुक्रबार पनि बैठक बस्ने गरी आजको बैठक स्थगन भएको छ ।