लन्डन– बेलायतमा बसोबास गर्दै आएका संघीय प्रदेश नम्बर– ३ का नेपालीहरु संगठित हुने भएका छन् । उनीहरुले बेलायत–नेपाल समाज गठन गर्ने तयारी गरेका छन् ।
संघीय नेपालको प्रदेश नम्बर ३ मा सबैखाले सहयोग, सल्लाह र सुझाव दिनका लागि समाज गठन गरिएको संयोजक आर.के त्रिपाठीले जानकारी दिनुभयो । आगामी २५ सेप्टेम्बरमा नर्थहोल्ट रोडस्थित ह्यारोमा भेला बोलाइएको छ ।
प्रदेश नम्बर ३ को दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौँ जिल्लाहरुमा जन्म भई बेलायतमा बसोबास गर्नुहुने सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई समाज गठनको भेलामा बोलाइएको संयोजक त्रिपाठीले बताउनुभयो ।
कार्यक्रम हुने स्थान: 500 Northholt Road Harrow HA2 8HA मिति:- २५ सेप्टेम्बर २०१६ समय :- ११:०० बिहान आर.के त्रिपाठी संयोजक प्रदेश नम्बर-३ बेलायत-नेपाल समाज गठन भेला तयारी समिति ,pujapujan@hotmail.com0 07798694816






