काठमाडौँ, २४ साउन । नुवाकोटको बेतनीस्थित चुच्चेभीरमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु भएका सबैको शव परीक्षणका लागि आज साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको छ ।
फिस्टेल एयरकै अर्को हेलिकप्टरमार्फत सबै शव शिक्षण अस्पताल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
दुर्घटनामा हेलिकप्टर चालकसहित सात जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा क्याप्टेन रन्जन लिम्बू, यात्रुहरु कितमान गुरुङ, आसामी गुरुङ, प्रिती गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ र एक नवजात शिशु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।






