भक्तपुर- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर जबराले अब बन्ने सरकार स्थिर हुने गरी दलबीच गठबन्धन बनाउनुपर्ने बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले स्थिर सरकार बन्न सके मात्रै स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्भव हुन्छ भन्नुभयो ।
राप्रपा अब बन्ने सरकारमा सहभागी हुने कि नहुने भन्नेबारेमा राप्रपा नेपालसँग हुने छलफलले निर्णय गर्ने उहाँको भनाइ थियो । उहाँले दुई पार्टीबीचको एकीकरण अन्तिम चरणमा पुगेको र छिट्टै एकता हुने जानकारी पनि दिनुभयो ।
नेता राणाले मधेसलाई दुई प्रदेश बनाएर समाधान खोज्नुपर्ने औल्याउनुभयो । नयाँ बन्ने सरकारले तत्कालै नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमणलाई सुनिश्चित गर्नुपर्ने औल्याउँदै उहाँले नेपालले चीनसँगको सम्बन्ध विस्तार गर्दै अझै व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।






