लन्डन- बेलायतको ब्राइटनमा यहि जुलाई २६ देखि जुलाई ३१ सम्म हुन भइरहेको अठारौँ एडल्ट तथा सिनियर र तेर्हौं जुनियर आईटीएफ वर्ल्ड तेक्वान्दो च्याम्पियनसिपको लागि नेपालबाट ४ जना तेक्वान्दो खेलाडीहरु सहभागी हुँदै छन् । जसमा सस्मन बस्नेत, घनश्याम आचार्य खत्री, रघुनाथ बस्नेत र लक्ष्मण बस्नेत टोलीमा संलग्न छन् ।
विद्या विकास बोर्डिंग स्कुल भक्तपुरमा कक्ष्या १० मा अध्ययनरत सस्मन बस्नेतले नेपालमा भएको दोस्रो सगरमाथा खुल्ला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका थिए भने अन्य विभिन्न प्रतियोगिताहरुमा पनि पदक हात पारिसकेका छन् ।
घनश्याम आचार्य खत्री पनि सन् २०१० मा यूकेमा भएको तेक्वान्दो वर्ल्ड च्याम्पियनसिपमा सहभागी भैसकेका छन् भने ब्रिटिश ओपन च्याम्पियनसिपमा काश्य पदक हात पारिसकेका छन् । त्यस्तै गरि रघुनाथ बस्नेत भेने पहिलोपटक विश्व स्तरको प्रतियोगितामा सामेल हुदैछन ।
लक्ष्मण बस्नेत भने आईटीएफ तेक्वान्दोमा पहिलोपटक अन्तरास्ट्रिय पदक भित्र्याउने खेलाडी हुन्, उनले सन् २००४ मा मलेशियामा आयोजना भएको मलेसिया ओपनमा कास्य पदक जित्न सफल भएका थिए । सस्मन बस्नेतले १४ वर्ष देखि १५ वर्ष उमेर समूहमा ६४ केजी तौल तर्फ तथा कलर बेल्ट प्याट्रन तर्फ भाग लिनेहरु भने घनश्याम आचार्य खत्रीले सिनियर तर्फ ५४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन ।
रघुनाथ बस्नेतले सिनियर ७० केजी तौल तर्फ प्रतिस्पर्धा गर्नेछन । तेस्तै तेक्वान्दो आई।टी।एफ।नेपालका अध्यक्ष्य एवं अन्तरास्ट्रिय प्रशिक्षकतथा रेफ्री लक्ष्मण बस्नेतले भेट्रान तर्फ ६४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेभएका छन् साथै जुनियर तथा सिनियर प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्नेछन् ।












