चारधाम मध्येको रुरुमा बन्द हड्ताल नगर्ने प्रतिवद्धता, माघेसक्रान्ति मेलाको तैयारी पूरा

गुल्मी २९ पुस । चारधाममध्येको एक रुरुक्षेत्रमा माघोसक्रान्ति अवधिभर बन्दहड्ताल नहुने भएको छ । माघेसक्रान्तिको मेलालाई असरगर्ने गरी गुल्मीको रिडीमा कुनै प्रकारका बन्द हड्ताल नगर्ने राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका हुन । बाहिरबाट आउने तिर्थ यात्रीहरु तथा ब्यापारीहरुको सुबिधाको लागी बन्द हड्ताल नगरीने स्थानीय राजनीतिक दलहरुले बताए । आगामी माघ ३ गते र ५ गते बिभिन्न दल निकट मोर्चाले गर्ने बन्द पनि रुरुक्ष्ोत्रमा नहुने दलहरुले बताए ।
गुल्मी, स्याङ्गजा र पाल्पा तीन जिल्लाको संगमस्थल रुरुक्षेत्र चारधाममध्येको एक भएकोले माघेसक्रान्तिमा कालिगण्डकी स्नान र शालिग्राम तथा ऋषिकेष दर्शन र पुराआजाका लागि लाखौँ भक्तजनको घुईँचो लाग्ने गर्दछ । हरेक दिन धुमधा पुराआज हुने रुरुक्षेत्रका मठ मन्दिरहरुमा माघे सक्रान्ति संगै एकादशी, साउने सक्रान्ति, असारे एकादशी, भदौरे कृष्णअष्ठमी , कार्तिकको  ठुला एकादशी लगायतका पर्वहरुमा पूजाआजाका लागि भक्तजनको भिड लाग्ने गर्दछ ।  प्राचिन समयमा देबदत्त ऋषिले  तपस्या गरेको र ऋषिकेशको साक्षात उत्पत्ति भएको मानिने रुरुक्षेत्र चारधाममध्येको एक हो । रिडीमा नुहाउने तथा पुजा आज गर्नाले पितृ ऋण, देवऋण तथा ऋषि ऋण तिरीने  धार्मिक विश्वास छ ।
माघेसक्रान्तिको अवसरमा रुरुक्षेत्रमा ठूलो मेला समेत लाग्ने गर्दछ ।  रुरु फ्रेण्ड्स् क्लवको आयोजनामा हुन लागेको यसवर्षको माघेसक्रान्ति मेलाको तैयारी पूरा भएको छ ।  स्थानीय दर्जन भन्दा वढी संघ सस्थाको संयोजनमा माघ १ गते देखि ५ गते सम्म बिबिध कार्यक्रमको साथ रुरुमेला हुने छ ।
यसवर्ष यशोदादेवी लम्सालको मुखारबृन्दबाट सप्ताह महायज्ञ श्रीममद् भागवत महापुराण तथा प्रवचन हुने बताइएको छ । महायज्ञमा प्रत्येक दिन श्रीमदभागवत महापुराण बाचन, रुद्रीपाठ, चण्डीपाठ तथा बिभिन्न भक्ति संगित प्रस्तुत गरिने रुरु फ्रेण्ड्स क्लवका अध्यÔ हिमाल श्रेष्ठले बताउनु भयो ।