चार्ल्टन समाजको बार्षिक भेटघाटमा,आकर्षण रह्यो महिला भलिबलमा उत्रिएको क्षण

13754573_1657267561260624_8942693620641005525_nलन्डन । चाल्टर्न नेपाली समाजले आइतबार वार्षिक भेटघाट तथा समर बीबीक्यू कार्यक्रम गरेको छ । 
चाल्टर्नस्थित मेरिडियन स्पोर्ट्स क्लब मैदानमा भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमसहित भेला भएको हो ।

समाजका सचिव टिएन रिजालले सञ्चालन गरेको पहिलो चरणको औपचारिक कार्यक्रममा सल्लाहकार फत्त थापाले हेल्थ एण्ड सेफ्टीबारे अवगत गराए । स्वागत मन्तव्य उपाध्यक्ष टंक कंडेलले दिए भने कोषाध्यक्ष कृष्ण खरेलले समाजको आर्थिक गतिविधिमाथि प्रकाश पारे ।13658919_1163520277001657_4301752763423387396_n

मन्तव्यका क्रममा समाजका अध्यक्ष रोमनाथ पाण्डेले सहभागीहरुप्रति आभार व्यक्त गर्दै चाल्टर्नवासीको एकताले नै अपेक्षा अनुरुप कार्य गर्न सकिएको बताए । संस्थापक अध्यक्ष सुरज केसीले नेपाली भाषा कक्षामा सबैलाई सहयोग गर्न अनुरोध गरे । कार्यक्रमको आकर्षण रह्यो २७ महिला भलिबल प्रतियोगितामा उत्रिएको क्षण । महिलातर्फ ३ र पुरुषतर्फ ६ टिमले भलिवलमा भाग लिएका थिए । क्याप्टेन संगीता मगरको नेपाल टिम प्रथम भयो । क्याप्टेन रत्ना शाहीको निलगिरी दोश्रो र पार्वती 
कंडेलको टिमले तृतीय स्थानमा चित्त बुझाउनु पर्यो ।13770309_1163519930335025_6711416615888373405_n

समाजका अध्यक्ष रोमनाथ पाण्डे, संस्थापक अध्यक्ष सुरज केसी र दिनेश घिमिरेले विजेता भलिवल खेलाडी र नेपाली भाषा 
प्रशिक्षणमा संलग्न स्वयंसेवकहरुलाई पुरस्कार दिइयो । भलिबल प्रतियोगिताको संयोजन समाजका उपाध्यक्ष टंक कंडेलले गरेका हुन् भने खेल सफल बनाउन अध्यक्ष रोमनाथ पाण्डे, समाजकी सल्लाहकार मन्जु खरेल, खड्क रेश्मी, प्रकाश खरेल, दीपक भट्ट र समाजसेवी विनोद ज्ञवालीले साथ दिएका थिए । 13782218_1657274587926588_2779078452398162672_n

संयोजक कंडेलले बेलायतमा नेपाली महिलाबीच पहिलो पटक भलिबल प्रतियोगिता गरिएको दावी गरे । मोहन गुरुङ, 
ह्यारी गुरुङ, दिनेश घिमिरे र अमृतजीले रेफ्रीको भूमिका निर्वाह गरेका थिए । चर्चित लोक गायक गायिका राधिका हमाल, रामजी खांड र थानेश्वर गौतमको सांगीतिक प्रस्तुति कार्यक्रमको 
अर्को आकर्षण बनेको थियो । ga

शिव भण्डारी