काठमाडौँमा परकम्प

काठमाडौँ- काठमाडौँको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर गोरखा भूकम्पको परकम्प गएको छ ।

दिउँसो २ बजेर ४० मिनेट जाँदा ३.७ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४६५ परकम्प गएको केन्द्रले जनाएको छ ।