‘ब्रेक्जिट’पछिको बेलायतमा टेरेसाको आगमन

londonविश्वको शक्तिशाली मुलुक अमेरिकाको आशन्न राष्ट्रपतीय निर्वाचनमा हिलारी क्लिन्टनको दौड चलिरहेका बेला बेलायतमा मेको आगमन भएको छ । नेपालमा पनि राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिलाले हाँकिरहेको सन्दर्भमा बेलायतमा टेरेसाको नियुक्तिले विश्वभर महिला नेतृत्वको चर्चाले व्यापकता पाएको छ । रोचक कुरा त के छ भने बेलायतका नयाँ गृहमन्त्री पनि महिला ९अम्मर रुद्० नियुक्त हुनुभएको छ ।

त्यस्तै शिक्षामन्त्रीमा पनि महिला ९जस्टिङ ग्रिनिङ० नियुक्त हुनुभएको छ । बिबिसीका अनुसार मेले क्यामरुनको पालामा भन्दा अक्ब्रिजबाट शिक्षा पाएका धेरैजनालाई मन्त्रिपरिषद्मा सहभागी गराएर पनि नयाँपन दिन खोजेको देखिन्छ तर युवामन्त्री बनाउने सन्दर्भमा उहाँले क्यामरुनलाई जित्न सक्ने छाँट छैन । बेलायतको ‘द गार्जियन’ पत्रिकाले मन्त्रिपण्डलको गठनमा टेरेसाले क्यामरुनकालीन समयबाट फड्कोमार्दै सबैलाई आश्चर्य तुल्याएको भनी टिप्पणी गरेको छ ।

आफ्नो मन्त्रिमण्डलमा लण्डनका पूर्व मेयर ९जो विवादमुक्त होइनन्० बोरिस जोन्सनलाई विदेशमन्त्रीमा नियुक्ति दिएकाले पनि टेरेसाको सत्तायात्रा आरम्भमै थप चर्चित बन्न पुगेको छ । जनमत सङ्ग्रहमा बेलायतले इयू छोड्नुपर्ने बे्रक्जिट अभियानका एक खम्बा मानिने बोरिसको नियुक्तिलाई कतिपय मुलुकले आलोचनाको दृष्टिले हेरेका छन् ।

प्रधानमन्त्रीबाट बाहिरिनुअघि क्यामरुनले आफ्नो उत्तराधिकारी मेलाई बेलायत इयूबाट बाहिरिने प्रक्रिया थाल्दा ऊसँगको सम्बन्धलाई निकट एवम् सुमधुर राख्न दिएको ध्यानाकर्षण नयाँ प्रधानमन्त्रीका लागि एक चुनौतीपूर्ण कार्य हुनेछ । कन्जरभेटिभ पार्टीका नेता डेभिडले जिम्मेवारीबाट बाहिरिनुअघि बिदाई सम्बोधन दिँदै बेलायती संसद् हाउस अफ कमन्समा सम्बन्धलाई निकट एवम् सुमधुर राख्दा बेलायत इयू दुवैको व्यापार र सुरक्षा सहकार्यका लागि फाइदाजनक हुनेमा जोड दिएका छन् ।

मेको नियुक्तिपछि बेलायतले आप्रवासीमा नयाँ तरङ्ग पनि पैदा गराएको छ । आप्रवासी मामिलामा कठोर नेत्रीका रुपमा चिनिनुभएकी उहाँले इयूभन्दा बाहिरका मुलुकका लागि गृहमन्त्री हुँदा कडा कानुन ल्याउनुभएको थियो । त्यस पृष्ठभूमिमा हेर्दा इयूबाट बेलायत अलग भएपछि युरोपेली मुलुकका विद्यार्थीलाई पनि बेलायतमा अध्ययन वा भ्रमणका लागि अध्यागमनसम्बन्धी नीति कडा हुने अनुमान गरिएको छ । त्यसो त इयूका विभिन्न २३ देशले बेलायतसँग नयाँ व्यापारिक सम्झौता गर्न इच्छा देखाइसकेको अवस्थामा उहाँले ती मुलुकसँगको व्यापारिक साझेदारी अगाडि बढाउने क्रममा अध्यागमनको कडा नीतिको तादाम्यता खोज्ने अनुमान गरिएको छ ।

गृहमन्त्रीबाट प्रधानमन्त्री बन्ने कमै बेलायती नेतामा टेरेसा पनि एक हुनुहुन्छ । सन् १८५५ मा गृहमन्त्रीबाट लर्ड पाल्मरस्टोन प्रधानमन्त्री हुनुभएको थियो । त्यसपछि यस्तो राजनीतिक बढुवा ९फड्को०को हैसियतमा टेरेसा देखा पर्नुभएको हो । बेलायतमा गृहमन्त्री प्रायः विवादमा पर्ने र चाँडो फेरिने गर्नाले पनि सो मन्त्रालय सम्हालेपछिको राजनीतिक भविष्य कमजोर हुने गरेका उदाहरण छन् । बेलायती पत्रिका ‘इकोनोमिस्ट’ले त्यहाँका गृहमन्त्रीलाई ‘राजनीतिक जीवनको चिहान’ भनी टिप्पणीसमेत गरेको चर्चा हुने गर्दछ तर टेरेसाले त्यस्ता टिप्पणीलाई कमजोर सावित गर्दै चुनौतीको घडीमा नयाँ जिम्मेवारी लिनुभएकाले उहाँको भावी यात्रा सबैका लागि चासोको विषय बन्नेछ ।
एक कुशल मध्यस्थकर्ताका रुपमा पनि लिइने टेरेसाको जम्न सन् १९५६ को अक्टोबर १ मा भएको हो । आरन लेडीको नामबाट बेलायती राजनीतिक इतिहासमा एउटा छाप छोड्न सफल भएकी थ्याचर पछिको उहाँको यो कार्यकारी प्रमुखको यात्रालाई अब बेलायत मात्र नभएर विश्वमा नै चासो र चर्चाका रुपमा हेरिने नै छ । बेलायतको विशेष र विकट परिस्थितिले जन्माएको एकजना महिला नेत्रीका भावी कदमहरुबाटै उहाँको सफलता र लोकप्रियताको मापन हुने नै छ ।