२९ पुस काठमाडौं । पुस १ गतेदेखि निरन्तर सय रुपैयाँ माथि रहेको अमेरिकी डलरको मुल्य मंगलबार सय रुपैयाँ तल झरेको छ ।
मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद मुल्य ९९ रुपैयाँ १६ र बिक्री मुल्य ९९ रुपैयाँ ७८ पैसा तोकेको छ ।
आइतबार र सोमबार राष्ट्र बैंकले एक अमेरिकी डलर ९९ रुपैयाँ ४३ पैसामा किनेको र १ सय रुपैयाँ ३ पैसामा बिक्री गरेको थियो ।
पुस एक गतदेेखि एक अमेरिकी डरको मुल्य १ सय २ रुपैयाँ १७ पैसासम्म पुगेको थियो । अन्तरािष्ट्र बजारमा डलरको मुल्य घटेपछि नेपालमा पनि मुल्य घटेको हो ।
नेपालको आयातमा आधारित भएकाले डलरको मुल्य घट्दा नै बढि फाइदा हुने अर्थविदहरुले बताउँदै आएका छन ।






