बेलायतमा जनमत संग्रहका लागि मतदान सुरु, इयूसंग आत्मिय सम्वन्ध टुट्ने वा रहने

imgID68867889.jpg.gallery[1]लन्डन । बेलायत युरोपियन युनियन (इयू) सदस्य रहिरहने वा छाड्ने भन्नेबारेको जनमतसंग्रह आज बिहीबार बिहान ७ देखि राती १० बजेसम्म हुंदैछ ।

यो ऐतिहासिक जनमत संग्रहमा मतदान गर्नका लागि साढे ४ करोड बढि मतदाताले नाम दर्ता गराएका छन जुन बेलायतकै इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो मतदाता संख्या हो ।

मतपत्रमा बेलायत युरोपेली संघको सदस्य रहनुपर्छ वा छोड्नुपर्छ भन्ने प्रश्न सोधिएको हुनेछ । जुन पक्षमा आधाभन्दा बढि मत प्राप्त हुन्छ, त्यहि मतको विजय हुनेछ ।

राती दश बजे मतदान केन्द्रहरु बन्द भएपछि मत बाकसहरु गणन केन्द्रमा पुरयाइनेछ र मत गणना सुरु गरिनेछ । देशभरमा कुल ३ सय ८२ मत गणनाकेन्द्र छन ।

हरेक एक केन्द्रमा गणना सकिएपछि त्यसको नतिजा सार्वजनिक गरिनेछ । सबै गणना सकिएर अन्तिम नतिजा शुक्रबार बिहान ‘ब्रेकफास्ट’को समयसम्म आइपुग्ने अपेक्षा छ ।