अफगानिस्तानमा मारिएकालाई सरकारले १० लाख दिने

singha durbarकाठमाडौं- नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा परेर मृत्यु भएका नेपालीका परिवारलाई जनही १० लाख रुपैयाँ दिने भएको छ ।

सरकारले बिमा र अन्य रकम गरी कूल ज्ञण् लाख रुपैयाँ उपलब्ध गराउने भएको हो । विशेष परिस्थिति भएकाले गैरकानुनी रुपमा अफगानिस्तान गएको भए पनि त्यस्ता मृतकका परिवारलाई समेत १० लाख रुपैयाँ उपलब्ध गराउने श्रम मन्त्री दिपक बोहोराले बताएका छन्।

अफगानिस्तान लगायतका गृहयुद्ध चलिरहेका अति खतराजन्य मुलुकमा जान अब रोक लगाउने निर्णय हुनसक्ने बताइएको छ। वैधानिक रुपमा नेपाल बाहिर काममा जानेले अनिवार्य रुपमा बिमा गर्नुपर्ने व्यवस्था छ।

त्यसरी जाँदा मृत्यु भए १० लाख रुपैया पाउने गरी बिमा गर्नुपर्ने नयाँ व्यवस्था छ। बैशाख अघि त्यो रकम पाँच लाख रुपैयाँ थियो।

अफगानिस्तान जाने धेरैजसो बैशाख अगाडिकै भएकाले पाँचलाख रुपैयाँ बिमा, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कल्याणकारी कोष मार्फत दिइने तीन लाख र थप दुई लाख गरी जम्मा १० लाख रुपैयाँ दिइने श्रममन्त्री दिपक बोहोराले बताए ।