लन्डन- बेलायतको पश्चिममा पर्ने योर्कसिरेको बिर्सटल इलाकामा बिहीबार अपराह्नमा बन्दुकधारीको गोलीबाट घाइते लेबर पार्टीका सांसद जो कोसको उपचारकोक्रममा निधन भएको छ ।
बिर्सटलमा गरिएको गोली प्रहारबाट घाइते कोसलाई तत्कालै अस्पताल लगिएको थियो । आक्रमणमा एक ४० बर्षीया महिला पनि घाइते भएकी थिइन् ।
कोसलाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।






