२८ पुस काठमाडौं । सरकारले कृषि बीमाको प्रिमियममा (बीमा शुल्क) मा ७५ प्रतिशत अनुदानको घोषणा गरेपनि बीमा कम्पनीहरु कृषि बीमामा आकषिर्त हुन सकेका छैनन् ।
बाली बीमाका लागि आवश्यक मापदण्ड तयार भइनसकेकाले बीमा कम्पनीहरु आकषिर्त हुन नसकेको हुन ।
नियामक बीमा समितिका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा चारवटा बीमा कम्पनीले मात्रै बाली बीमा गरेका छन । समितिका अनुसार युनाइडेट, सगरमाथा, एलाइन्स र सिद्धार्थ इन्स्योरेन्सले मात्रै बाली बीमा गरेका हुन ।
यसअघि एनएलजी इन्स्योरेन्सलगायतले बाली बीमा गरे पनि असोज मसान्तमा भने बाली बीमा गरेका छैनन । हाल नेपालमा १७ वटा निर्जीबन बीमा कम्पनी सञ्चालनमा छन ।
प्राविधिक समस्याका कारण बीमा कम्पनीहरु कृषि तथा बाली बीमामा आकषिर्त हुन नसकेको बीमक संघका अध्यक्ष तथा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजय शाहले अनलाइनखबरलाई बताए ।
‘कुन ठाउँको उत्पादनकत्व कति हो भन्ने मापदन्ड नै छैन’ उनले प्रश्न गरे- यस्तो अवस्थामा बीमा कम्पनीले कसरी बालीको बीमा गर्ने ?
कृषि बीमा गर्न बीमा समितिले निर्देशन दिएपनि कसरी गर्ने भन्ने मापदण्ड बनाउन नसकेको समितिका निर्देशक श्रीमन कार्कीले बताए । भ्यालुएस (उत्पादकत्व मुल्यांकन) गर्न कठिन भएकाले बाली बीमा गर्न बीमा कम्पनीहरु आकषिर्त नभएको उनले जानकारी दिए ।
– See more at: http://www.onlinekhabar.com/2015/01/228399/#sthash.AVORrv9i.dpuf






