पालबाटै भए पनि स्थानीय निर्वाचन हुन्छ : यादव

ayodhi
रसुवा- कावा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले पुनःनिर्माण हुन बाँकी जिल्लामा पाल राखेरै भए पनि स्थानीय निकायको निर्वाचन गर्न सकिने बताउनुभएको छ ।

सदरमुकाम धुन्चेमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले सरकारले तोकेको मितिदेखि ९० दिनभित्र पाल राखेरै भए पनि स्थानीय निकायको निर्वाचन गर्न आयोग तयार छ भन्नुभयो ।

भूकम्पले क्षति पु¥याएका जिल्लाको पुनःनिर्माणका लागि सहयोग गर्न निर्माण व्यवसायी, स्थानीय निकाय र राजनीतिक दलसँग आग्रह गर्दै उहाँले मतदाता शिक्षा लगायत कार्यक्रममा सञ्चारकर्मी र राजनीतिक दललाई सहहभागी गराउन जिल्ला निर्वाचन कार्यालय रसुवालाई निर्देशन दिनुभयो ।