मेक्सिको यूवा टोलीको अनौठो गोल सेलिब्रेसन

काठमाडौं २९ पुस । फुटबल स्टारहरुको गोल सेलिबि्रसेनको आफ्नै शैली छ ।
गत सिजन रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले गोल सेेलिब्रेसनका क्रममा आफ्नो सिक्स प्याक बडी देखाए, जुन निकै लोकप्रिय रहृयो ।

ब्राजिलियन खेलाडीहरु साम्बा डान्स गर्छन् भने विश्वकपका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजको एक्रोव्याटिङ गोल सेलिब्रेसन पनि लोकप्रिय छ ।

तर, जमाइकामा जारी कन्काक्याफ यू-२० च्याम्पियनसिपमा मेक्सिकोको यूवा टोलीले गोल सेलिब्रेसनमा अनौठो तरिका अपनाएको छ, जुन अहिले चर्चामा छ ।

खेलको २० औं मिनेटमा एलेक्स जान्ड्रोले टीमको तेस्रो गोल गर्दा टीमका सदस्यहरु जम्मा भएर साइकलको सेप बनाई गोलको सेलिब्रेसन गरे ।

एक खेलाडि मैदानमा सुते । उनको अगाडि र पछाडि एक-एक खेलाडि उभिए भने एक जना घोप्टो परे ।

लगतै गोलकर्ता एलेक्स जान्ड्रो घोप्टो परेका खेलाडिको ढाडमा चडेर उनको हातलाई साइकलको हृयाण्डल बनाए भने भुइमा सुतेका खेलाडिको हात पाइडल जस्तै घुमाए ।

अर्का एक खेलाडी भने उभिएर ताली बजाइरहेका थिए ।

खेल मेक्सिकोले ९-१ ले जितेको छ । जनवरी २४ सम्म जमाइका सन्चालन हुने च्याम्पियनसिपका शीर्ष चार टीमले सन् २०१५ मा न्यूजिल्याण्डमा हुने यू-२० वर्ल्डकपमा सहभागिता जनाउनेछन् ।