‘लोकप्रिय’ बजेटसँग तर्सनु पर्दैन : डा महत

prakash sharanभक्तपुर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले सरकारले ल्याउन लागेको लोकप्रिय भनेर चर्चा गरिएको बजेटदेखि कांग्रेसले तर्सनु नपर्ने बताएका छन् ।

कांग्रेस मध्यपुर थिमिनगर समितिले शनिबार आयोजना गरेको नगरस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले भने, ‘सरकारको लोकप्रिय भनिएको बजेटदेखि तर्सनु पर्दैन, यो बजेट आउँछ तर कार्यान्वयन हुँदैन।’

कांग्रेस सत्तामा जाने अवसरको प्रतीक्षामा रहेको बताउँदै नेता डा महतले भने˗ ‘कांग्रेस सधैँ प्रतिपक्ष बस्छ भन्ने छैन, गणपूरक सङ्ख्या पुगेको दिन सत्तामा जान्छ, त्यसको प्रयास भइरहेको छ ।’

कार्यक्रममा कांग्रेसका अर्का केन्द्रीय सदस्य मीन विश्वकर्माले संविधान कार्यान्वयनमा चुनौति रहेकाले यसतर्फ सबै केन्द्रित हुनुपर्नेमा जोड दिए ।