लन्डन- एनआरएन आईसीसी सल्लाहकार त्रिलोक गुरुङ लन्डनमा सम्मानित भएका छन् ।
एनआरएन यूके र तमु धी यूकेले संयुक्त रुपमा गुरुङलाई सम्मान गरिएको हो । फानवरोस्थित गोर्खा प्यालेसमा गैरआवासीय नेपाली संघ यूकेले गुरुङको सम्मानमा भेटघाट कार्यक्रम तथा रात्रिभोजको आयोजना गरेको हो ।
हङकङमा गोर्खाज् एकता इन्टरनेशनल कम्पनीको नाममा निर्माण र सेक्युरिटी व्यवसायमा सफलता प्राप्त गरेका गुरुङ २ र ८१ को ३५ औं कोरल वार्षिकोत्सवमा सहभागी हुन बेलायत आएका थिए । कार्यक्रममा गुरुङलाई गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङले खादा लगाइ सम्मान गरेका थिए ।
भूकम्पपछि हङकङबाट झण्डै एक करोड रुपैयाँ संकलन गरेर पीडितलाई पठाउन उल्लेख्य भूमिका निर्वाह गरेका गुरुङ भूपू गोर्खा, गैर आवासीय नेपाली संघ ९एनआरएनए आइसीसी० का केन्द्रीय सल्लाहकार र सफल व्यवसायी हुन् ।
एनआरएनए हङकङको दुई कार्यकाल अध्यक्ष भएपछि उनी एक कार्यकाल एसिया प्यासिफिकको संयोजक भएका थिए । एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङको सभापतित्वमा सम्पन्न स्वागत कार्यक्रममा गैरआवासीय नेपाली संघका सल्लाहकार विश्वआर्दश पण्डित, डमर घले, एनआरएन यूरोप संयोजक कुल आचार्य , एनआरएन यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ लगायतको उपस्थिति थियो ।
विद्यालय भवन पुनर्निर्माणमा एक लाख सहयोग
यसैबीच गुरुङले एनआरएन यूकेको ‘एक कार्यकाल एक परियोजना’ अन्तर्गत श्री सिरिसे स्कूल भवन पुनर्निर्माण तथा माध्यमिक कक्षा सञ्चालन अभियानमा १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
परियोजना संयोजक खुसी लिम्बूको हङकङ भ्रमणमा निश्चित रकम सहयोग गर्ने वचन दिएका गुरुङले लन्डन भ्रमणमा औपचारिक घोषणा गरेका हुन् । व्यक्तिगत तहबाट अभियानमा जम्मा भएको यो नै ठूलो रकम हो ।
एनआरएन यूकेले गुरुङलाई धन्यवादसमेत दिएको छ ।






