‘मिस नेवा’ को लागि २५ युवती छनोट

काठमाडौं । ‘एइसिसी ग्लोबल मिस नेवा–११३५’ का लागि अडिसन सम्पन्न भएको छ । शनिबार राजधानीस्थित होटल मनासालुमा आयोजित अडिसनमा ३४ आवेदनबाट २५ जना छनोट भएका छन् । ‘मिस नेवा’ यो १०औं संस्करण हो ।
miss news‘मिस नेवा’ नेप्लीज फेसन होमद्वारा १० वर्षयता निरन्तर आयोजना हुँदै आएको हो । नेवार समुदायका युवतीको प्रतिभा प्रस्फुटन तथा कला संस्कृति र भाषा सम्वद्र्धन एवं प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ‘मिस नेवा–११३५’ को अडिसनमा प्राइम कर्मसियल बैंकका डिजिएम भाइराजा तुलाधर, ललितपुर उप–महानगरपालिकाका कानुनी सल्लाहकार लक्ष्मण महर्जन, मिस नेवा ११३२ की विजेता सुनिता डंगोल, ११३३ की सुदिना श्रेष्ठ र कोरियोग्राफर रोजिन शाक्य निर्णायक मण्डल रहेका थिए ।
अडिसनमा छनोट भएका प्रतियोगीहरुलाई एक महिना विभिन्न आत्मविकाससम्बन्धी तालिम दिइने आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।
प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्य र रोहिया महर्जनले प्रशिक्षण दिनेछन् । प्रतियोगिताको अन्तिम स्पर्धा माघ अन्तिम साता नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जनाइएको छ ।