काठमाडौं– प्रधानमन्त्री केपी ओलीले बुधबार अन्तराष्ट्रिय समुदायका नेपालस्थित प्रतिनिधिलाई बोलाएर सरकार बलियो रहेको दाबेदारी प्रस्तुत गरेका छन् ।
होटल याक एण्ड यतिमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री कमल थापाले अन्तराष्ट्रिय समुदायलाई तीन सन्देश दिएका छन् ।
पहिलो सन्देशको रुपमा सरकारले आफ्नो गठबन्धन कमजोर नरहेको र यो सरकार नै ०७४ माघसम्म सरकार सुरक्षित रहने दिइएको छ ।
यस्तै द्धन्द्धकालका मुद्दा शान्ति प्रक्रियाको मर्मअनुसार समाधान हुने भन्दै सरकार कानुनी जटिलतामा नफसी शान्ति प्रक्रियाको उपलब्धी गुम्न नदिने हिसावले संक्रमणकालीन न्याय स्थापित गर्ने पक्षमा रहेको सन्देश दिइएको छ ।
यस्तै स्थानीय निकायको पुर्नसंरचना हुने क्रममा रहेकाले सो व्यवस्था नभएसम्म अन्तरिम निर्वाचन आगामी आगामी मंसिरसम्म सम्पन्न गर्न सरकार लागिरहेको तेस्रो सन्देश दिइएको छ ।






