‘नेपालमा पनि ‘जिका’ भाइरस फैलने सम्भावना उच्च’

zika virusकाठमाडौं- ‘एडिस’ लामखुट्टेको टोकाइबाट सर्ने ‘जिका’ भाइरसले विश्व समुदायलाई त्रसित बनाएको छ ।

डेंगी भाइरसको संक्रमण भएको ठाउँमा जिका भाइरस फैलने सम्भावना उच्च हुने भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि प्रचार र अनुगमनका लागि तयार रहन आग्रह गरेको छ ।

गर्मी महिना सुरु भएसँगै नेपालमा पनि जिका भाइरस फैलने सम्भावना उच्च हुने भन्दै विश्व स्वास्थ्य संगठनले जिका भाइरसको संक्रमणबाट बच्न जनचेतनामूलक प्रचारप्रसार र अनुगमनका लागि तयार रहन टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सचेत गराएको हो ।

नेपालमा डेंगी भाइरसको संक्रमणको जोखिम उच्च रहेको र यसकै कारण जिका भाइरस फैलनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।