खारेज भएको पार्टीलाई पनि सेवा-सुविधा, मन्त्री कायमै

prem-bahadur-singकाठमाडौं- निर्वाचन आयोगले समाजवादी जनता पार्टीको दर्ता खारेज गरेको सूचना राजपत्रमा प्रकाशित भइसकेको छ । तर, सोही पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह भने खानेपानी तथा सरसफाइमन्त्री छन् ।

निर्वाचन आयोगले तीन वर्ष देखि आय-व्यय विवरण पेस नगरेको भन्दै २३ फागुन ०७२ मा सिंहको पार्टीसहित १५ दलको दर्ता खारेजीको निर्णय गरेको थियो ।

दल खारेजसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भइसकेको कानुन मन्त्रालयकी सहसचिव लीलादेवी गड्तौलाले जानकारी दिइन् ।

दल खारेज भइसकेपछि पनि सिंह मन्त्री नै छन् ।

संसद् सचिवालयले उनको पार्टीको संसदीय दलको कार्यालयलाई सेवा-सुविधासमेत उपलब्ध गराइरहेको छ ।