काठमाडौँ- नेपाली काँग्रेसको महत्वपूर्ण भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को महाधिवेशन आगामी असार पहिलो साता हुने भएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवासँग आज नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले देउवा निवास बुढानीलकण्ठमा भेटी असार पहिलो साता महाधिवेशन गर्ने तयारी थालेको जानकारी दिनुभयो ।
कर्णलाई बोलाएर सङ्घको महाधिवेशनको तयारीका बारेमा नेता देउवाले जानकारी लिनुभएको थियो । नेता देउवाले पार्टीको प्रतिष्ठासँग गाँसिएकाले सङ्घको महाधिवेशन यथाशीघ्र गर्न निर्देशन दिनुभएको भेटमा सहभागी सङ्घका नेता ऋषिकेशजङ्ग शाहले जानकारी दिनुभयो ।







