लन्डन । हाल बेलायतमा रहेका तीन नेपाली राष्ट्रिय कलाकार शिव परियार, रामजी खांड र देबिका केसी सम्मानित भएका छन् । बुधबार सांझ उलवीच लोटस क्लवमा आयोजित एक कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् ।
साउथ इष्टका सक्रिय समाजसेवी एवं व्यवसायीहरु दीपक श्रेष्ठ, विनोद ज्ञवाली, प्रकाश बस्नेत, प्रकाशराज कंडेल र कर्ण शाहीको नेतृत्वमा आयोजित विशेष पार्टीमा सम्मान पाउंदा कलाकारहरुले आभार व्यक्त गरेका थिए ।
हेम विष्टको साउण्ड सिस्टममा कलाकारहरुले आफ्नो गायन समेत प्रस्तुत गरे । गायक शिव परियारले पिउंदिन भन्दा भन्दै, बेहोसीपछि, रित्तो रित्तो, कहां थियौं तिमी रंगमन्च, पागल बनायौ प्रिय, लगायौ माया सांट्यौ नि आदि गीत गाएर दर्शकलाई कहिले भावुक त कहिले नाच्न वाध्य बनाए ।
लोकप्रिय दोहोरी कलाकारद्वय रामजी खांड र देबिका केसीको दोहोरी गायनले पनि मनोरन्जन दिलाएको थियो ।
५ हजार बढि गीत गाइसकेका खांडले ‘फूल फूलेर पयांलै भयो…’, ‘सालैजो…’ अनि पन्चे बाजाका साथ ‘काफल पाक्यो…’ गीत गाएर दर्शक मन जिते । गायिका देबिका केसीको चाहिं ‘बाजी ठोकम आउ झिल्के…’ ले धेरै झिल्केहरुलाई नचायो ।
विनोद ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा व्यवसायी फत्त थापाले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएका थिए । उक्त अवसरमा भूकम्पको वर्ष दिन पुग्नै लाग्दा दिवंगतहरुप्रति एक मिनेट मौनधारण समेत गरिएको थियो ।![13036361_10206213320280799_795499747_o[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/13036361_10206213320280799_795499747_o1-1024x473.jpg)
![13063979_10206213320480804_1649837777_o[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/13063979_10206213320480804_1649837777_o1-1024x563.jpg)
![13072960_10206213320360801_1731503435_o[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/13072960_10206213320360801_1731503435_o1-1024x631.jpg)






