काठमाडौँ- सरकारले नेपालको संविधान जारी भएकोे दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय दिवस मनाउनेसम्बन्धी सो निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिनुभयो ।






