स्वास्थ्यकर्मी युनियन गुल्मीको तेश्रो अधिबेशन सकियो,अध्यक्षमा श्यामसुन्दर निर्वाचित

गगनशिला खड्का

गुल्मी २७ पौष । नेपाल स्वास्थ्यकर्मी युनियनकी केन्द्रिय उपाध्यक्ष तथा महिला विभाग संयोजक नानीमैया दाहालले राज्यले दशबर्षे दन्द्धका बेला स्वास्थ्यकर्मीले खेलेको भुमिका विर्सेको बताउनुभएको छ । नेपाल स्वास्थ्यकर्मी युनियन गुल्मीको तेश्रो जिल्ला अधिबेशनलाई हिजो सदरमुकाम तम्घासमा सम्वोधन गर्दे दाहालले हिजो दशबर्षे जनयद्धका बेला गाउँगाउँमा राज्यको प्रतिनिधित्व गर्दे काम गरेका स्वास्थ्यकर्मीको योगदानलाई विर्सेको बताउुभएको हो ।

s

उहाँले अहिले देशभरका स्वास्थ्यकर्मीहरु पदस्थापनको माग गर्दै आन्दोलनमा उत्रिनुपर्दा दुख लागेको समेत बताउनुभयो । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष नारायण प्रसाद अर्यालले स्वास्थ्यकर्मीहरुको हक हित र अधिकारका लागि आवाज उठाउनुपर्दछ भनेर २०६३ सालमा पहिलोपटक गुल्मीका स्वास्थ्यकर्मी संगठित भएको बताउनुभयो । उहाँले अहिले ऐनमा भएको कुरा कार्यान्यन गर्न गराउन देशभरका स्वास्थ्यकर्मी पुनः आन्दोलित हुनुपर्ने बाध्यता श्रृजना हुनु दुखद पक्ष भएको बताउनुभयो । अर्यालले स्वास्थयकर्मीलाई गुमराहमा पारेर राजनिति गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो ।

  केन्द्रिय सदस्यहरु श्याम सुन्दर पोख्रले र हिरा बहादुर काकी,प्रकाश अर्याल,केन्द्रिय महिला विभाग सदस्य विष्ण्ुा थापाले महिला स्वास्थ स्वयसेविकालाई समेत राजनितिक रुपमा विभाजित गरेको बताउनुभयो । उहाँहरुले स्वास्थ्यकर्मीहरु कामलाई पछि सारेर आन्दोलनमा उत्रेकी भन्ने आम जनमानसलाई लागेको हुन सक्छ तर पहिले सेवालाई प्राथमिकतामा राखेको बताउनुभयो ।

  सोही कार्यक्रममा नेपाली काग्रेस गुल्मीका उपसभापति भुवन प्रसाद श्रेष्ठ,नेकपा ड्यास माओबादीका विर बहादर कार्की,राष्ट्रिय जनमोर्चाका कमल प्रसाद अर्याल,राष्ट्रिय प्रजातन्त्र पार्टीका हिम बहादुर बोहरा,हर्ट फाउण्डेसन गुल्मीका अध्यक्ष शेर बहादुर थापा,सञ्चारीका समुह गुल्मीका अध्यक्ष गगनशिला खड्का लगायतले स्वास्थ्यकर्मीहरुले पहिले कामलाई प्राथमिकता दिनुपर्ने बताए । उहाँहरुले स्वास्थ्यकर्मीहरुले आफनो अधिकार खोजीरहदा जनताको स्वास्थ्यसेवा पाउने अधिकारलाई ख्याल गदै्र्र आफ्नो अधिकारका लागि लाग्न समेत सुझाव दिनुभयो । अधिबेशनले श्यामसुन्दर पोख्रलको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । जसको उपाध्यक्ष भुमा थापा ,प्रेमलाल भट्टराई रहनुभएको छ भने सचिवमा भिम प्रसाद ज्ञावली,कोषाध्यक्षमा खगराज पाण्डे,सहकोषाध्यक्षमा माधब घिमिर,े बरिष्ठ सदस्य दिपेन्द्र रिजाल,सदस्यहरुमा रमेश मरासीनी,भगवनी ज्ञावली,बमनाथ पन्थी,शम्सुलहक मिया,हेमराज पन्थी,कमला रेश्मी,गंगा शर्मा,आमे भण्डारी,चेतनारायण खनाल,अग्नीभेष गौतम,चन्दा पुन,गोविन्दराम अर्याल,मुना राना चयन हुनुभएको पुर्व अध्यक्ष दिपेन्द्र रीजालले जानकारी दिनुभयो । कार्यक्रम नेपाल स्वास्थ्यकर्मी युनियन गुल्मीका अध्यक्ष दिपेन्द्र रिजालको सभापतित्व र ढुण्डीराज पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।