भोलि पाँच जिल्ला बिदा

singha durbarकाठमाडौँ- सरकारले सिरुवा पावनी पर्वका अवसरमा तराईका पाँच जिल्लामा वैशाख २ गते बिदा दिने भएको छ ।

स्थानीयरुपमा त्यस्तो पर्व मनाउने झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेपाल राजपत्र खण्ड ६५ सङ्ख्या ५१ भाग ५ २०७२ चैत १८ मा प्रकाशित २०७३ सालको बिदासम्बन्धी सूचनाको सिनं. २ को (त)मा सिरुवा पावनी पर्वका दिने उल्लेख छ ।