काठमाडौं- बुधबार साँझ ६.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पको केन्द्रविन्दू म्यानमारको राजधानी न्यापितदेखि ३९६ किलोमिटर उत्तरमा १३५ किमि गहिराईबाट गएको अमेरिकी भूगर्भ मापन केन्द्र युुएसजीएसले जनाएको छ ।
जर्मनीको भूगर्वशास्त्र अनुसन्धान केन्द्रले भने बुधबारको भुकम्प ७.१ म्याग्निट्यूडको भएको जनाएको छ ।
भूकम्पको धक्का म्यानमारका अधिकांश भूभाग, भारत, बङ्गलादेश, चीन, नेपाललगायतका दक्षिण एसियाली मुलुकमा पनि महसुस गरिएको थियो ।
भारतको पूर्वी आसाम राज्य र बङ्लादेशको पश्चिमी भूभागमा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाले तिब्बतमा भूकम्पका कारण कडा धक्का महसुस गरिएको बताएको छ । तिब्बतमा करिब एक मिनेटसम्म भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ ।
भूकम्पबाट भएको क्षतिको विवरण बुधबार साँझ समाचार तयार गर्दासम्म आइसकेको छैन ।






