युगान्डामा कार्यरत जुभुंग ९ , गुल्मीका दानबहादुर खत्रीको निधन
२५ पुस, डिसी । बिगत १५ बर्षदेखि युगान्डामा कार्यरत नेपाली एक सेफको निधन भएको छ ।
जुभुंग ९, गुल्मी घर भै हाल बुटवल निवासी दानबहादुर खत्रीको उपचारको क्रममा युगान्डाको कम्पालास्थित मुलागो अस्पतालमा निधन भएको हो ।
खत्री युगान्डाको कोलोलो, कम्पालास्थित खाना खजाना रेस्टुरेन्टमा सेफको रुपमा कार्यरत थिए ।







