भरत सिटौलाको ‘बैंसमा’ (भिडियोसहित)

10427307_10204794645199234_1221092779149151356_n[1]

गायक भरत सिटौलाले नयाँ सांगीतिक एल्बम ‘बैंसमा’ सार्वजनिक गरेका छन् ।

स्वर, संगीत र गीतकार स्वयं सिटौलाकै भएको गीतको म्यूजिक एरेन्ज भने मोहित मुनालले गरेका छन् । यूट्यूबमा अपलोड गरेको २४ घण्टा नबित्दै दर्शकले मन पराएपछि गायक सिटौला उत्साहित छन् ।

म्यूजिक भिडियोमा भने भरतलाई मोडल वर्षा सिवाकोटीले साथ दिएकी छन् । विभोर पोखरेलको निर्देशन रहेको म्यूजिक भिडयोमा सिनेमाटोग्राफर अनिल के. मानन्धर र सम्पादन टेकेन्द्र शाहको छ ।