एकवर्षपछि काठमाडौंमा मेलम्चीको पानी, भूकम्प र नाकाबन्दीले यो वर्ष आउन सकेन

melamchiकाठमाडौं- मेलम्चीको पानी आउने आशामा बसेका राजधानीबासीले अझै एक वर्ष कुर्नुपर्ने भएको छ । र्माणको ठेक्का पाएको कम्पनीको धिमा गति, भुकम्प र भारतको नाकाबन्दीका कारण काम अवरुद्ध भएपछि निर्माणमा ढिलाई हुने भएको हो ।

उक्त कम्पनीसँग सम्झौता हुँदा नै २०७३ वैशाख १ गतेदेखि राजधानीबासीको घरघरमा मेलम्चीको पानी आउने घोषणा तत्कालिन सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले गरेका थिए।

सरकारले २०७० असारमा आयोजनाको जिम्मा इटालियन कम्पनी सिएमसी डी रेभेन्नालाई दिएको थियो ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं आयोजना प्रमुख घनश्याम भट्टराईले भुकम्प र नाकाबन्दीका कारण इन्धन अभाव भई झन्डै १० महिना सुरुङ खन्नेकाम अवरुद्ध भएकाले लक्षित समयमा काम सम्पन्न नहुने स्थिति आएको बताए ।