देउवाले स्पष्ट बहुमत ल्याउने संकेत

sher bahadurकाठमाडौं- कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्यका लागि खुला र आरक्षणतर्फ गरी ४६ पदका लागि भइरहको मतगणनामा निर्वाचित सभापति शेरबहादुर देउवा पक्षमा सुविधाजनक बहुमत पुग्ने संकेत देखिएको छ ।

शुक्रबारसम्मको मतगणना खुला २५ र आरक्षणतर्फको २२ पदमा देउवा प्यानलका २८ र पौडेल प्यानलका १८ उम्मेदवार अग्रस्थानमा छन् । मुस्लिम एक पदमा देउवा प्यानलबाट उम्मेदवारी दिएका फरमुल्लाह मन्सुर बिहीबार विजयी घोषित भइसकेका छन् । अन्यको मतगणना जारी छ ।

निर्वाचन समितिले प्रदेशबाट निर्वाचित हुने १४ केन्द्रीय सदस्यको मतगणना पनि शनिबारदेखि थाल्ने भएको छ । प्रदेशबाहेक सबै मतगणता शुक्रबारदेखि सुरु भएको छ । जसको अहिलेसम्मको नतिजाअनुसार देउवा पक्ष अगाडि देखिएका छन् ।