फडिन्द्र भट्टराई ,
लन्डन ।
हिन्दु धर्मालाम्वी हरुले भगवान शिवको पुजा आराधना गरेर मनाउने महाशिव रात्री पर्व लण्डनको पशुपती नाथ मन्दिरमा पनि धुमधाम संग मनाईने भएको छ ।
आगामी सोमवार मार्च ७ तारिक महाशिव रात्रिको दिन साउथ ईस्ट लण्डनको प्लमस्टिडमा अवस्थित नेपाली मन्दिरमा रुद्राभिषेक पुजा सहित भजन कृतन र प्रवचन सहित विशेष कार्यक्रमको आयोजना गरिएको जानकारी मन्दिर समितीका माहासचिब अर्जुन गौतमले बताउनु भयो ।
मन्दिर समितीका अध्यक्ष बाल जंग अर्यालका अनुसार बिहान नौ बजे देखी आरम्भ हुने प्रातकालीन पुजा देखी सन्ध्याकालीन आरती सम्म पुजा आजाका बिभिन्न चरणका कार्यक्रमहरु मन्दिरमा संचालन हुनेछन । मन्दिर समितीले सम्पूर्ण श्रदालु भक्तजन हरुलाई उक्त पुनित अवसरमा सहभागिता जनाउन आव्हान समेत गरेको छ ।
यसैविच महा शिवरात्री पर्वको अवसरमा आयोजना हुने विशेष पुजा अजाको कार्यक्रममा स्थानीय चार्ल्टन नेपाली समाजले प्रसाद प्रायोजन , व्यवस्थापन तथा वितरणको जिम्मा लिएको छ । समाजका सचिव टी एन रिजालले स्थानीय नेपाली मन्दिर प्रति समाजको योगदान दर्शाउदै यसको जिम्मा लिएको जनाएका छन ।
चार्ल्टन समाजका अध्यक्ष रोम नाथ पाण्डेले नेपाली सांस्कृतिक पर्वहरुमा नेपाली धार्मिक समुदाय संग मिलेर पुनित कार्य गर्न पाउदा खुशी लागेको बताए ।







![shiva_green_by_vishnu108-d9jg0bf[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/03/shiva_green_by_vishnu108-d9jg0bf1.gif)