‘भूकम्पका कारण आरोहण स्थगित गर्नेलाई दुई वर्षसम्म हिमाल आरोहणको अनुमति’

Ananda-Pokharelकाठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखेरेलले विनाशकारी भूकम्पका कारण आरोहण स्थगित गरेका नेपाली र विदेशी नागरिकलाई दुई वर्षसम्म हिमाल आरोहणको अनुमति दिइने बताएका छन् ।

सगरमाथालगायत विभिन्न हिमाल आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशी पर्यटकले भूकम्पका कारण हिमाल आरोहण गर्न नपाएको भन्दै उनले दुई वर्षसम्म हिमाल आरोहणको अनुमति दिइने बताएका हुन् ।

मंगलबार राजधानीमा पर्यटन पत्रकारहरुको संस्था राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को दोस्रो साधारणसभामा उनले भूकम्पका कारण हिमाल आरोहण गर्न नसकेका पर्यटकको रोयल्टीसमेत मिनाहा गरिने बताए ।

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाल आरोहणका लागि गत वैशाख १२ अघि करिब ८ सय स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएपनि भूकम्पका कारण अहिलेसम्म पनि हिमाल आरोहण गर्न सकेका छैनन् ।