पत्रकार महासंघ युकेको अध्यक्षमा नरेश खपांगी मगर निर्विरोध

Nareshलन्डन- नेपाल पत्रकार महासंघ युके शाखाको अध्यक्षमा नरेश खपांगी मगर निर्विरोध निर्वाचित भएका छन ।

अध्यक्ष दाबेदार विमला सेने आफ्नो दाबीबाट पछि हटेपछि खपांगी मगर निर्विरोध भएका निर्वाचन समितिका सदस्य नविन पोखरेलले जानकारी दिए ।

निर्वाचन समितिका अनुसार सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा पनि एक-एक उम्मेदवारी परेको छ । सचिवमा शिव भण्डारी, कोषाध्यक्षमा पूर्ण गुरुङ र सहकोषाध्यक्षमा रोशन राई निर्विरोध भएका छन् ।

शाखाको बरिष्ठ उपाध्यक्षमा श्याम लुइँटेल र धर्मराज अधिकारी, उपाध्यक्षमा मिलन शर्मा र ध्रुवराज अर्यालको उम्मेदवारी कायम छ । महासचिवमा नारायण गाउँले र लिलामान शेरपुर्जाको उम्मेदवारी परेको छ ।

८ सदस्यका लागि चार जनाकोमात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । सदस्यका लागि नरेन्द्र बस्नेत, सुजन पराजुली, भावना परिष्कृत र नृपेश उप्रेती परेको छ ।

महासंघको अधिवेशन आगामी मार्च ६ तारिखमा हुँदैछ ।

महासंघ यूके शाखाले यसअघि नै विजय थापाको संयोजकत्वमा भगिरथ योगी, नवीन पोखरेल, कृष्ण भट्ट र सुरेशजंग शाह एवं कानुनी सल्लाहकार राजु थापा रहेको निर्वाचन समिति बनाएको थियो ।