पोखरा विमानस्थलमा रुवाबासी

Yatru-ka-aafanta2पोखरा- पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको बेपत्ता भएको खबर प्रकाशमा आएसँगै पोखरा विमानस्थलमा मानिसको भिड बढेको छ । विमानमा सवार यात्रीका आफन्तहरु विमानबारे जानकारी लिन विमानस्थलमा जम्मा भएका हुन् ।

विमानस्थलमा आएका अधिकांशको आँखा रसाएको पाइन्छ भने कोही त भक्कानिएरै रोइरहेका देखिन्थे । तारा एयरको काउन्टरमा पुगेर उनीहरु विमानबारे ताजा जानकारी लिन खोज्थे तर विमानको पत्तो नलागेको खबरसँगै उनीहरु निराश भई चौर तथा पार्कमा पुगेर भक्कानिन्थे ।

तारा एयरको ‘नाइन एनएएचएच’ बिमान बिहान सवा ८ बजेपछि सम्पर्कविहीन भएको थियो । सो विमानमा सवार यात्रीमध्ये १८ जना नेपाली छन् ।