भारतीय राष्ट्रपतिबाट ओलीको जन्मदिनमा उपहार

kpनयाँ दिल्ली- भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले उहाँको ६५ औं जन्मदिनको शुभकामना दिनुभएको छ ।

राष्ट्रपति भवनमा रहनुभएका प्रधानमन्त्री ओलीलाई भारतीय राष्ट्रपति मुखर्जीले फोनमार्फत र आफ्ना प्रतिनिधि मार्फत उपहार पठाई उहाँको जन्मदिनका अवसरमा दीर्घायु र सुस्वाथ्यको कामना गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।