काठमाडौं – भारतको नाकाबन्दी खुलेको साता बितिसक्दा पनि बजारको मागअनुसार खाना पकाउने ग्यास (एलपी) आपूर्ति हुन सकेको छैन । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाटै मागअनुसार ग्यास बुलेट लोडिङ भएका छैनन् ।
नाकाबन्दीको बजार अभाव हटाउन सामान्य दिनभन्दा दोब्बर परिमाणमा ग्यास आयात आवश्यक भए पनि ५० प्रतिशत मुस्किलले लोडिङ भएका छन् । आपूर्ति परिमाण बढ्दै गए पनि नाकाबन्दीअघिको जति ग्यास आयात हुन सकेको छैन ।
सामान्यतया महिनामा ३० हजार टनहाराहारीमा ग्यास आउँछ । नाकाबन्दी खुलेपछिको पहिलो दिन सोमबार ३० बुलेट अर्थात् ५२५ टन , मंगलबार ४०, बुधबार ३७, बिहीबार २७ र शनिबार ३६ बुलेट ग्यास आपूर्ति भएको छ ।
शनिबार र आइतबार भारतमा बिदा हुने हुँदा अघिल्लो दिन लोड भएका बुलेटमात्रै नेपाल प्रवेश गर्नेछन् ।






