काठमाडौं- एमाले भ्रातृ संगठन अनेरास्ववियुको २२औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज निर्वाचन गरिँदैछ ।
प्रतिनिधि विवाद टुङ्गो लागेपछि नयाँ नेतृत्वका लागि चुनाव गर्न लागिएको हो । प्रतिनिधि विवाद बढेपछि पार्टीका केन्द्रीय नेताहरुको मध्यस्थतामा मिलाइएको छ ।
अध्यक्षका लागि नवीना लामा र दीपक गौतम उम्मेदवार बनेका छन् । लामालाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली नेतृत्वको संस्थापन पक्ष र गौतमलाई अर्को नेता माधव नेपाल समूहले समर्थन गरेका छन् ।
प्रतिनिधि विवाद टुङ्गो नलाग्दा निर्धारित मितिभन्दा बढी समय महाधिवेशन लम्बिएको छ । करिब १५ सय प्रतिनिधि सहभागी हुनेमा महाधिवेशनमा तीन सयको नाममा विवाद भएको हो ।






