नयाँ शक्तिका केन्द्रीय परिषद सदस्यहरुको कार्यविभाजन

naya shaktiकाठमाडौं- डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले केन्द्रीय परिषद् सदस्यहरुको कार्य विभाजन गरेको छ ।

ललितपुरमा आज पत्रकार सम्मेलन गरी परिषद्को बैठकको ९ बुँदे निर्णय सार्वजनिक गरेको हो । बैठकले केन्द्रीय संयोजक, ७ प्रदेशका संयोजक, तीन आंगिक विभागका संयोजकहरु, विभागीय संयोजक तोकेको छ ।

style=”text-align: justify;”>प्रदेश नम्बर १ मा राजेन्द्र किराती, प्रदेश नम्बर २ मा रामचन्द्र झा, प्रदेश नम्बर ३ मा बलावती शर्मा, प्रदेश नम्बर ४ मा देबेन्द्र पराजुली, प्रदेश नम्बर ५ मा बामदेब क्षत्री, प्रदेश नम्बर ६ मा भक्तबहादुर शाह र प्रदेश नम्बर ७ मा लिलावती भण्डारीलाई संयोजक तोकिएको छ ।

यस्तै राजनीतिक विभागको संयोजकमा डा भट्टराई, संगठनमा देवेन्द्र पौडेल, सामाजिक अभियानमा पासाङ शेर्पा, शहिद तथा बेपत्ता परिवारमा हिसिला यमी, कानुन तथा मानवअधिकारमा मुक्ति प्रधान, वाणिज्य तथा पर्यटनमा डा. केशवमान शाक्य लगायत तोकिएको छ ।

यस्तै नयाँ शक्तिका अभियन्ताहरुलाई ३० बुँदे आचारसंहिता समेत तयार पारिएको छ ।