
काठमाडौँ- चीन र अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीले आफ्नो मातृभूमिका अस्पतालमा उत्पन्न जीवन रक्षक औषधिको अभाव घटाउन औषधि एवम् औषधिजन्य सामग्री प्रदान गरेका छन् ।
गैरआवासीय नेपाली सङ्घमार्फत उनीहरुले पठाएका रु एक करोड ६० लाख बराबरको औषधि सरकारलाई हस्तान्तरण गरिएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापालाई सङ्घका अध्यक्ष शेष घलेले परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा जीवन रक्षक हस्तान्तरण गर्नुभयो ।
यसअघि पनि सङ्घले रु एक करोड बढीको औषधि सरकारलाई प्रदान गरेको थियो ।






