काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको स्वरूप परिवर्तन गरी नाकामा धर्ना दिने कार्यक्रम फिर्ता लिने मनस्थिति बनाएको छ ।
नाकाबन्दीबाट काठमाडौंमा भन्दा मधेसका सीमावर्ती जिल्लाका जनताले नै बढी सास्ती खेप्नुपरेको निष्कर्ष मोर्चाका नेताहरूको छ । कालोबजारी, तस्करी बढेको र त्यसलाई सरकार नै संस्थागत गर्न लागेकाले नाका खोल्ने मनस्थिति बनाएको ;befjgf अध्यक्ष राजेन्द्र महतोले बताए ।
मोर्चा लचिलो हुनुका ५ कारण
१. नाकाबन्दीको सुरुका दुई साता काठमाडौं, पोखरा, हेटौँडालगायतका सहरी क्षेत्र अस्तव्यस्त बनाउन सफल भएको, तर बिस्तारै तस्करी बढे पछि आन्दोलनको प्रभाव घटेको निष्कर्ष ।
२. अर्थतन्त्र धराशयी हुँदै गएकाले काठमाडौंलगायत पहाडी क्षेत्रमा मधेसी नेताविरोधी भावना बनेको महसुस ।
३. पछिल्ला दिनमा पहाडमा भन्दा तराईमा नाकाबन्दीले नकारात्मक असर पारेकाले विरोध उठ्नसक्ने आँकलन ।
४. जोगवनी र सुनौलीको नेतृत्व लिएका उपेन्द्र यादव र महन्थ ठाकुर धर्नामा नगएको र वीरगन्जको धर्नाले मात्र प्रभाव नपरेको निष्कर्ष ।
५. संविधान संशोधनपछि नाकाबन्दी फिर्ता लिन मोर्चालाई भारतीय दबाब।






