काठमाडौं- नाकामै बसेर धर्ना दिंदै आएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो वीरगन्ज नाका खोल्न राजी भएका छन् ।
मधेस आन्दोलनप्रति समर्थन जुटाउन दुईदिने भारतको बिहार भ्रमणबाट फर्किएका महतोले नाकाबन्दीका कारण जनताले मात्र दुःख पाइरहेको बताउँदै नाका खोल्न मोर्चाका अन्य नेतालाई आग्रह गरेका छन्।
‘देशको अन्य प्रमुख नाका पूर्णरुपमा खुल्ला भइसकेको छ,’ महतोले भने, ‘वीरगन्ज नाका किन बन्द गर्नुपर्यो ।’ नाका केन्द्रित भएरै आन्दोलन गर्ने हो भने सबै नाका बन्द गर्नपर्ने उनको भनाइ थियो। वीरगन्ज नाकामात्र खुल्ला गरेर केही नहुने उनले बताए।







