तेलको मूल्य र गाडी भाडा घटाउन प्रधानमन्त्रीको निर्देशन

kp oliकाठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल तेल मूल्य र सार्वजनिक सवारीको भाडा समायोजन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत पत्र लेख्दै प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालयहरुलाई तेलको मूल्य र गाडी भाडा समायोजन गर्न निर्देशन दिएका हुन् ।

पत्रमा पछिल्लोपटक आयल निगमले तेलको मूल्य घटाएपनि सार्वजनिक सवारीको गाडी भाडा नघटाएकोमा ध्यानाकर्षण भएको उल्लेख छ । अब मन्त्रालयले यातायात व्यवस्था विभागलाई त्यसैअनुरुप परिपत्र गर्नेछ ।