उपप्रधानमन्त्री मैनालीले गरे समाजकल्याण परिषदमा तालाबन्दी

 

 

 

 

 

 

 

cp-mainalifinal
काठमाडौं- उपप्रधानमन्त्री एवम् महिला बालवालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीले समाजकल्याण परिषदमा तालाबन्दी गरेको भन्दै परिषद्का पदाधिकारी आक्रोसित बनेका छन् ।

अदालतबाट अन्तरिम आदेश लिएर आउँदासमेत काम गर्न नपाएको भन्दै उनीहरुले राजधानीमा पत्रकार सम्मेलन गरि उपप्रधानमन्त्री मैनालीले अदालतको अवहेलना गरेको आरोप लगाएका छन् ।

कार्यालय सहयोगीलाई ताल्चा लगाउन लगाएर साँचो उपप्रधानमन्त्री आफैंले राखेको परिषद्का सदस्यसचिव रविन्द्रकुमार यादवको भनाइ छ । उपप्रधानमन्त्री मैनालीले ऐन कानूनको ब्यवस्था विपरित आफू हाजिर नभएकै अवस्थामा सहसचिव नारायण काफ्लेलाई मन्त्रिपरिषद्को आँखा छलेर जिम्मेवारी तोक्ने निर्णय गराएको परिषदका सदस्यसचिव यादवको आरोप छ ।

आफूलाई हटाउने निर्णय, संसदीय समितिको निर्देशन, समाज कल्याण परिषद ऐन तथा सर्वोच्चको नजिरको विपरित भएको भन्दै यादवले तत्काल पुनर्स्थापनाको माग गरेका छन् ।