लन्डन । एक्सेस फाइनान्सियल सर्भिसेज यूकेले प्लमस्टिड र आसफोर्ड क्षेत्रमा बस्ने नेपालीलाई लक्षित गर्दै मोर्गेज र कर सम्वन्धि निशुल्क परामर्श सेवा दिने भएको छ ।
एक्सेस सञ्चालक तथा इण्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मिन दर्लामीले आगामी फेब्रुअरी १४ तारिख प्लमस्टिडस्थित गेसो हल र मार्च ६ तारिखका दिन आसफोर्डको वुमन्स इन्सटिच्युट हलमा परामर्श कार्यक्रम तय गरिएको जनाएका छन् ।
सेमिनारमा मोर्गेज, रिमोर्गेज, वील एण्ड स्टेट, कर, घर खरिद र यसमा सोलिसिटरहरुको भूमिका, विजनेश प्लान आदिबारे ५ जना नेपाली तथा बेलायती वीज्ञहरुले परामर्श दिने जनाइएको छ ।
दुवै कार्यक्रम दिउंसो १ देखि ४ बजेसम्म चल्नेछन् । सेमिनारमा घर खरिद विक्री, कर व्यवस्थापन, मोर्गेज, घर किन्न आवश्यक कागजात, बैंकिंग प्रक्रिया आदिबारे वीज्ञहरुबाट सामूहिक र आवश्यक परे वान टु वान परामर्श उपलब्ध गराइने जानकारी दर्लामीले दिए । कम्पनीले आफूलाई पायक पर्ने ठाउंमा सहभागी भएर लाभ लिन आग्रह गरेको छ । उक्त कम्पनीले सन् २०१६ भित्र बेलायतका विभिन्न ६ शहरमा नेपाली समुदायका लागि यस्तो परामर्श दिने लक्ष्य राखेको छ ।







![1921993_1203496066330766_4262197394074396305_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/1921993_1203496066330766_4262197394074396305_n1.jpg)
![12241712_10153086306461277_6964966958423024929_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/12241712_10153086306461277_6964966958423024929_n1.jpg)