गच्छदारले सोधे, ‘आन्दोलन किन ?’

bijaya-gachhadarकाठमाडौं- उपप्रधान एवं भौतिक निर्माण र यातायातमन्त्री विजयकुमार गच्छदारले मधेसी मोर्चाले अब आन्दोलन गरिरहनुको कुनै औचित्य नरहेको बताएका छन् ।

‘मधेसी मोर्चाले अब आन्दोलन गरिरहनुपर्ने आबश्यकता छैन,’ विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसित गच्छदारले भने, ‘संबिधान संशोधनबाट सिमांकन वाहेक मोर्चाले उठाएका अन्य राजनैतिक मागहरू सम्बोधन भईसकेको छ ।’

एकै पटकमा सबैमाग संसारमा कही पुरा नभएको बताउँदै उनले संविधान जारी भएकै बेला सबै कुरा अटाउन सक्ने कहि कतै नभएकै कारण संशोधन मार्फत संबिधानलाई पुर्ण बनाउँदै लगिने गरिएको बताए ।